Banner News

दुर्गम ठाउँमा पनि आधुनिक सहर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली



असार २, काठमाडौं) । प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गम ठाउँहरुमा पनि आधुनिक सहर विकास गर्न व्यावशायीहरुलाई आग्रह गरेका छन् ।

७ औं घर जग्गा मेला २०७५को शुक्रवार भृकुटी मण्डपममा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले खेती योग्य जमिन टुक्र्याएर घर आवास बनाउने नभइ त्यसमा खेती नै गर्नु पर्ने र खेती नहुने स्थान आवासका लागि प्रयोग गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“ठुला प्लटमा एकै प्रकारको खेती गर्नुपर्दछ” प्रधानमन्त्री ओलीले भने “जग्गाको अनावश्यक खण्डिकरण रोक्नु पर्दछ ।” सरकारले पुष्पलाल राजमार्गमा १० वटा आधुनिक सहर निर्माणको योजना बनाएको बताउदै प्रधानमन्त्री ओलीले भने “सरकारले नीति बनाइदिने हो सहरको निर्माण व्यावशायीले गर्ने हो ।” सुर्खेत, दाङ, लुम्बिनीमा पनि आधुनिक सहर विकास गरिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

असुक्षित आवासलाई स्थानान्तरण गरेर सुरक्षित स्थानमा सारिने प्रधानमन्त्री ओलीले बताए । अब बस्ती निर्माणको ढाँचा परिवर्तन गर्नुपर्ने र व्यवस्थित र आधुनिक सहर निर्माण गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले घर जग्गा मेलाका निष्कर्षहरु सरकारलाई बुझाउन आग्रह गरे । “तपाईंहरुका समस्या के के छन् सरकारलाई बुझाउनुहोस” प्रधानमन्त्री ओलीले भने “सरोकारवाला सबै पक्षसंग छलफल गरेर समस्या सुल्झाउन पहल गरौंला ।”