असार २, काठमाडौं । आवास अनुदान पाउनबाट बञ्चित १२ जिल्लाका १८ हजार ५ सय ७८ भूकम्पपीडित परिवारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीको सूचीमा समेटेको छ भने ६ हजार ७ सय ३६ परिवार भने अनुदानका लागि फेरि पनि अयोग्य भएका छन् ।
प्राधिकरणले दिएको समयसीमामा भूकम्पपीडित जिल्लाहरुबाट २५ हजार ३ सय २४ गुनासो संकलन भएको थियो ।
प्राधिकरणका अनुसार सिन्धुपाल्चोकका १२ र काठमाडौंका १० स्थानीय तहका पीडित यसपटक समेटिएका छन् । रामेछापको भने मन्थली नगरपालिकाका पीडित मात्र लाभग्राहीको सूचीमा परेका छन् । त्यसैगरी, धादिङका ४, दोलखाका २, काभ्रेपलाञ्चोकका २ स्थानीय तहका पीडितहरु पनि लाभग्राहीको सूचीमा परेका छन् । ओखलढुंगाका ३, गोरखाका ५ नुवाकोटका २, भक्तपुरका ४ र ललितपुरका ४ स्थानीय तहका केही पीडितले पनि अब अनुदान पाउने भएका छन् ।











प्रतिक्रिया दिनुहोस्