शैक्षिक

महासंघ तथा प्राइम बैंकको आयोजनामा लप्सीजन्य उत्पादन तालिम शुरु



असार २, भक्तपुर । प्रत्येक मानिसलाई समृद्द नेपाल र सुखी नेपालीमा समाहित गर्ने उदेश्यका साथ एक घर एक व्यवसाय भन्ने नारा लिई लप्सीजन्य उत्पादन तालिम शुरु भएको छ ।

भक्तपुर जिल्लाको साँगामा साना तथा मझौला व्यवसायि महासंघ तथा प्राइम कमर्सियल बैंक लिमिटेडका संयुक्त आयोजनामा शुक्रबारदेखि तीन दिनसम्म उक्त तालिम संचालन हुने भएको छ । दिगो र उद्यमका लागि गुणस्तरीय उत्पादन विषयक उक्त कार्यक्रम प्राइम वैंकका केन्द्रिय कार्यालयका कर्जा विभाग प्रमुख अनन्त कुमार चापागाईले सामाजिक उत्तर दायित्व अन्तर्गत साना तथा मझौला व्यवसायीसँग सहकार्य गरेको बताएका छन् ।

त्यस्तै कार्यक्रममा वोल्दै संघका अध्यक्ष बाबुकाजी महर्जनले उद्यमी व्यवसायिको साझा थलो महासंघ भएकाले हरेक उद्यमी व्यवसायिको हक हित र विकासको निम्ती महासंघ जहिले पनि हाजिर हुने बताएका छन् । त्यस्तै प्रथम उपाध्यक्ष इनु पौडेलले तालिम अवधिमा जेजस्ता कुराहरु तथा समस्याहरु आए पनि प्रशिक्षकसँग निर्धक्क भई प्रश्न गरी भरपुर मात्रामा उपलब्धी लिन आग्रह गरेकी छिन् । त्यस्तै महासंघकी सचिव सुलोचना राजभण्डारीले उत्पादन गरीएका वस्तु तथा पदार्थहरु गुणस्तरिय वनाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विक्रि वितरण गर्न योग्न वनाउनु पर्ने कुरामा जोड दिएकी छिन् ।

कार्यक्रममा वोल्दै संघका सदस्य रविन थापाले नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्न गाउँ गाउँ, वस्ती वस्ती वाट सहयोग गरि अघि वढ्ने क्रममा मुख्य भुमिकाको रुपमा साना तथा मझौला व्यवसायीको प्रमुख हात हुने वताउँदै गुणस्तर उत्पादनमा जोड दिन आग्रह गरेका छन् । त्यस्तै लप्सीजन्य उत्पादनमा विषदीको प्रयोगलाई कम गर्नुपर्नेमा जोड दिएका छन् । व्यापारलाई विस्तार गर्नको निम्ती विभिन्न प्रकारका मेलाहरुमा सहभागि हुनुपर्ने तथा आफैले पनि त्यस्ता मेलाहरु संचालन गर्नुपर्ने बताएका छन् ।