असार २, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो पहिलो स्थायी कमिटीको बैठक बोलाएको छ जसमा चारवटा एजेण्डा प्रस्तुत हुने भएको छ ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आह्वान गरेको बैठक दिउँसो दुई बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने र बैठकले पार्टी सञ्चालन नियमावलीमा छलफल गर्नेछ ।
स्थायी कमिटीको पहिलो बैठकलाई दुवै अध्यक्षले सम्बोधन कार्यसूची रहेको नेकपाले जनाएको छ । यस्तै यसबीचमा भएका संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश हुनेछ भने पार्टी सञ्चालन नियमावलीलाई अन्तिम रुप दिने बताइएको छ ।
बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्