शैक्षिक

अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जनाको जीवितै उद्दार



असार ३, संखुवासभा । संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क किशोरको उद्दार गरेको हो ।

प्वालबाट उज्यालो छिरेपछि उनीहरुको आवाज सुनिए पछि उनीहरुलाई डोरीको प्रयोग गरेर उनीहरुलाई उद्दार गरीएको हो । उनीहरु शुक्रबार करिब ९ बजेबाट सुरुङमा फसेका थिए ।

अहिले घटनास्थलमा पुगेको स्वास्थ्यकर्मीको टोली प्रारम्भिक स्वास्थ्य जाँच गरिरहेको छन् ।