समाचार

असार १० सम्ममा एसईई नतिजा सार्बजनिक हुने



असार ३, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईई परीक्षाको नतिजा असार १० भित्रमा सार्वजनिक गर्ने भएको छ ।

चैत ८ गतेबाट संचालन भएको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी भएका थिए । एसईई परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने र रुजु गर्ने काम भइरहेको छ ।