असार ३, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले तय गरेको विशेष आर्थिक क्षेत्रमा चाहेजति विजुली उपलब्ध गराउने घोषणा गरेका छन् ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले आफूले विशेष आर्थिक क्षेत्रका लागि ६ महिनाअघि नै साविकको उद्योग मन्त्रालयमा आवश्यक विद्युत उपलब्ध गराउने लिखित प्रतिवद्धता व्यक्त गरेको पनि बताए ।
सरकारले घोषणा गरेका सबै विशेष आर्थिक क्षेत्रमा विद्युत उपलब्ध गराउन आवश्यक सव स्टनेशनहरुको व्यवस्था गरिसकेको प्राधिकरणको दावी छ ।










प्रतिक्रिया दिनुहोस्