Banner News

गोलाप्रथाबाट ५९ सांसदको भाग्य फैसला : प्रत्यक्ष प्रसारणवाट हेर्न पाइने



असार ३, काठमाडौं । राष्ट्रियसभाका ५९ जना सांसदको पदावधिको निर्वाचन सोमबार गोलाप्रथाबाट हुने भएको छ भने जनताले प्रत्यक्ष रुपमा जानकारी पाउनको निम्ती दृष्य प्रत्यक्ष प्रसारण गरने भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा संसद सचिवालयका सचिव राजेन्द्र फुयालले गोला प्रथाबाट ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्षको निम्ती छुट्याइने भएको हो ।

प्रत्येक प्रदेशका ३ महिला सांसदमध्ये एकजनाको २ वर्ष, एकजनाको ४ वर्ष र एकजनाको ६ वर्ष पदावधि हुने गरी गोलाप्रथाबाट टुंगो लगाइने फुयालले बताए । त्यसपछि दलित र अल्पसंख्यकको हकमा भने शून्य वर्ष पनि राखिएको छ । दुई दुई जनाले गोला तान्दा २, ४ र ६ वर्ष कार्यकालको हुने र एकजना बाँकी रहने भएकाले एक जनालाई शून्य वर्ष मानेर पुन ४ वर्ष र ६ वर्षको गोला तान्न लगाइनेछ ।

अन्य खुलाबाट निर्वाचित सात प्रदेशका २१ सांसद र राष्ट्रपतिबाट निर्वाचित ३ जनाले पनि गोला तानेर आफ्नो पदावधि निर्धारण गर्नेछन् ।