राजनीति

जिल्ला सभापतिको भेला : पौडेल–सिटौला पक्षधरले संस्थापनको कडा प्रतिवाद गर्ने



असार ४, काठमाडौं। आगामि ५, ६ र ७ गते हुने जिल्ला सभापतिहरुको भेलामा रामचन्द्र पौडेल तथा कृप्रसाद सिटौला पक्षधरले संस्थापन पक्ष सभापति शेर बहादुर देउवा पक्षधरको कडा रुपमा प्रतिवाद गर्ने भएको छ ।

प्रदेश नम्बर तीनको अस्थायी राजधानी हेटौंडामा बोलाइएको काँग्रेस केन्द्रीय समिति बैठकले जिल्ला सभापति भेलालाई व्यवस्थित बनाउनेबारे केन्द्रित हुने बताइएको छ । जिल्ला सभापति भेला अगावै काँग्रेसले आफ्नो केन्द्रीय समिति बैठक बोलाएको छ ।

जिल्ला सभापतिहरुको भेलामा केन्द्रीय कार्यसमिति र जिल्ला सभापतिहरु गरी तीनसय जना प्रतिनिधि रहने जनाइएको छ । जसको निम्ती सवै जिल्ला सभापतिहरु हेटौंडा आइसकेको जनाइएको छ ।