समाचार

देउवाले निरंकुशता लादेका कारण पार्टी असफल : नेतृ कोइराला



असार ४, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्वले निरंकुशता लादेका कारण पार्टी असफल भएको बताएकि छिन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सभापति देउवाकै कारण पार्टी कमजोर भएको बताउँदै अब देउवाको विकल्प खोजिनुपर्ने बताएकी छिन् ।

नेते कोइरालाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकर्ताको भावना बुझ्न सक्ने नेतृत्व आवश्यक रहेको भन्द्र ‘गाउँ–गाउँमा सक्षम कार्यकर्ता छन्, सुतेर बसेकालाई जगाउन सक्ने हो भने कांग्रेस बलियो हुन्छ । फेरि जागेर आउँछ । जगाउन सक्ने नयाँ नेतृत्व चाहिने वताएकि छिन् ।

वीपीको सिद्धान्त लागु गर्न सक्ने व्यक्ति चाहिन्छ भन्दै नेतृ कोइरालाले अब महासमितिको बैठक बसेर कांग्रेसको आगामीयात्रा तय गर्नुपर्नेमा उनले जोड दिएकी छिन् । महासमितिको बैठकको भावना अनुसार नेतृत्व चल्न तयार हुनुपर्नेमा उनले सचेत गराइन् ।