असार ५, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणात भएको बताएका छन् ।
जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुन नसक्ने दाबी गरेका छन् । देउवाले सरकार सर्वसत्तावादी चरित्रका कारण गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको दाबी गरेका छन् ।
संविधानको संरक्षण गर्ने र देशलाई कम्युनिस्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारी कांग्रेसकै काधमा आएको भन्दै सभापति देउवाले आफ्ना नेता तथा कार्यत्रर्तालाई कमजोर मानसिकता नभई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरे ।
पार्टीको हार कम्युनिस्ट पार्टीहरुको एकिकरणले चुनौति थपिए पनि आफू विचलित नभएको भन्दै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी स्थापित गर्ने उद्घोष गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्