असार ५, काठमाडौं । पछिल्लो समय सार्वजनीक यातायात तथा मिटरमा ट्यासी नजाने समस्यालाई समाधान गर्न यातायात व्यवस्था विभागले कडा कारवाही गर्ने बताउँदै विभागको सम्पर्क नं. समेत दिएको छ ।
यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाभित्र सञ्चालित मिटरजडित ट्याक्सी तथा सार्वजनीक यातायातमा आरक्षित कोटामा अन्यलाई राखी सेवा दिन नमानेमा ९८५१२७३२२२ मा फोन वा म्यासेज गरेर जानकारी गराउन आग्रह गरिएको छ ।
गन्तब्य स्थानसम्म जान नमान्ने, आलटाल गर्ने मिटरमा जान नमान्ने, ट्याक्सी स्ट्याण्डमा सवारी पार्किङ गरी लामो समयसम्म चालक सिटमा नबस्ने, तथा मिटर सर्ट गर्ने र तथा गन्तब्यसम्म लाग्ने रकम अस्वाभाविक रुपमा बढी लिने जस्ता गुनासो आएमा विभागले तत्कालै कारवाही गर्ने दावी गरेको छ ।
यसैगरी सार्वजनिक सवारीका साधनहरुमा जेष्ठ नागरिक, महिला, अपांगता भएका व्यक्तिहरुलाई आरक्षित सीटमा अन्यलाई राखिएमा पनि कारवाही गर्ने विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्