असार ६, काठमाडौं । बासबारीस्थित न्युरो अस्पतालका संंस्थापक डा.उपेन्द्र देवकोटाको निधनपछि उक्त अस्पतालको नाम परिवर्तन गर्दै डा. देवकोटालाई सम्मान स्वरुप उनको नाम राखिएको छ ।
अस्पतालको नाम अब ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एण्ड एलाइट साइन्स’ भएको छ । यसअघि अस्पतालको नाम ‘नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइट साइन्स’ थियो ।
वीर अस्पतालमा न्युरोलोजी विभाग स्थापना गर्नं महत्वपूर्ण भूमिका निर्वाह गरेका डा. देवकोटाको नेतृत्वमा सन् २००६ अप्रिल १३ मा बासबाँरीस्थित न्युरो अस्पताल सञ्चालनमा आएको थियो । अस्पतालमा डा. उपेन्द्र देवकोटा, उनकी पत्नी डा. मधु देवकोटा र हिमलाल काप्री अध्यक्ष थिए ।










प्रतिक्रिया दिनुहोस्