असार ७, बेइजिङ । चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ६ दिने चीन भ्रमणमा क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गरेका छन् ।
नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा भ्रमण टोलीमा रहेका मन्त्रीहरु र चीनका मन्त्री सहित चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूतको सहभागिता थियो ।
प्रधानमन्त्री ओलीले विभिन्न प्रकारका खेलकुदमा दुई देशबीच सहकार्य गर्न सकिने बताउँदै त्यसका लागि दुई देशका सम्बन्धित निकायलाई त्यसतर्फ अघि बढाउने बताएका छन् ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँस्थित चाइना कम्युनिष्ट पार्टी ९सिपिसी० केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरेका छन् । संग्रहालयमा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास भल्काउने विविध सूचनासहितको सामग्री राखिएका छन् ।










प्रतिक्रिया दिनुहोस्