असार ७, काठमाडौं । काठमाडौं प्रहरी परिसरले काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न रहँदै आएका दिनेश लामा उर्फ भालेलाई पक्राउ गरेको छ ।
गुण्डा लामाले व्यवसायीलाई धम्की दिई विभिन्न वहानामा हप्ता असुली गर्ने कार्यमा संलग्न तथा अवैध हातहतियार कार्यमा संलग्न रहेका लामा पक्राउ परेका हुन ।
महागनरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखेर उनीमाथि सार्वजनिक मुद्दा दायर गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्