असार ७, काठमाडौंं । कार्यवहाक प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री र्ईश्वर पोखरेलले सामाजिक सद्भाव तोड्न खोज्ने जो कोहीको विरुद्ध राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् ।
चौथो विश्व योग दिवसको अवसरमा राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री पोखरेलले सम्वृद्ध नेपाल सुखी नेपाली नाराका साथ अघि बढेको सरकारले राष्ट्रिय एकताका लागि राजनीतिक अभियान चलाईरहेको उल्लेख गरेका छन् । योगको वास्तविक अर्थ जोड्नु रहेको उल्लेख गर्दै योग साधनालाई विस्तार र विकास गर्दै समाज रुपान्तरण र मुलुकको विकासमा सबै नेपाली गोलबन्द भई अघि वढ्नपर्ने बताएका छन् । वर्तमान सरकारको लक्ष्य भनेको नै देश विकास गर्दै देशमा नै रोजगारीको वाटो निर्धारण गर्ने भएकाले हातमा हात काँधमा काध मिलाई एक ढिक्का भएर अघि वढ्नपर्ने बताएका छन् ।
कार्यक्रममा योग गुरु हरिप्रसाद पोखरेलले चिकित्साशास्त्रको रुपमा योग साधनालाई विकास गर्दै लैजानुपर्ने बताए । कार्यक्रममा मानव जिवनमा योग साधनाको महत्व र विभिन्न आयामका बारेमा चर्चा गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्