समाचार

भक्तपुरमा ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु



असार ८, भक्तपुर । भक्तपुरको सानोठिमीमा शुक्रबार बिहान ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

आज बिहान सवा ५ बजे पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोक तर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

सिन्धुपाल्चोक सेलाङ ६ घर भई हाल भक्तपुर सानोठिमी बस्ने ४८ वर्षीय चेत बहादुर थापाको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा बी।एण्ड।बी अस्पताल ग्वार्कोमा उपचारका क्रममा मृत्यु भएको महानगरिय प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

ट्रिपरसहित चालक ३० वर्षीय राजन खड्गीलाई नियन्त्रणमा लिएको छ ।