विश्व

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलको छैठौं साधारणसभा सम्पन्न



असार ८, इजरायल । इजरायलको तेलअविवमा अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल छैठौं साधारणसभा जुन १५ तारिक  शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रम सभापति  सीता घिसिङ र  प्रमुख अतिथी निरन्जन कुमार थापाले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु गरेका थिए । साथै छैठौं वर्ष पूरा भएको उपलक्ष्यमा केक काटेर वार्षिकोत्सब मनाएको थियो ।

अधिवेशनबाट सर्वसम्मत पेमा लामा तामाङको अध्यक्षमा २१ सदस्यीय कार्य समिति चयन गरेको छ । जसअनुसार पदाधिकारीहरुमा क्रमश :

  • अध्यक्ष : पेमा लामा तामाङ ,
  • वरिष्ठ उपाध्यक्ष : कादम्बरी दाना श्रेष्ठ
  • प्रथम उपाध्यक्ष : कुमार आङ्देम्बे (अबि)
  • द्धितीय उपाध्यक्ष : अनिल सिंह राजपुत
  • त्रिर्तिय उपाध्यक्ष : पदमा गुरुङ
  • महासचिव : युनिका गुरुङ
  • सचिव : राज लिम्बु
  • कोषाध्यक्ष : नुतन भुसाल
  • सह-कोषाध्यक्ष : सारा लामा
  • बिभागीय प्रमुख/उपप्रमुखहरु गायन बिभाग प्रमुख : सुर्य राना मगर
  • गायन बिभाग उपप्रमुख: दुर्गा बि सि
  • नृत्य बिभाग प्रमुख : प्रीनिषा कन्दङ्वा
  • नृत्य बिभाग उपप्रमुख : स्वास्तिका श्रेष्ठ
  • कार्यसमिति सदस्यहरुमा शान्ति सेर्मा, सोनि योन्जन तामाङ, काभ्या छेत्री, खुसी निकु, आकृति अधिकारी, राम मोक्तान तामाङ, अन्जु तामाङ र लक्ष्मी गड्तौला बास्कोटा निर्वाचित भएका छन् |