असार ८, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले सूर्यविनायक नगरपालिकाले वैकल्पिक उर्जा व्यवस्थापनमा विशेष योजना ल्याउनुपर्ने बताएका छन् ।
आज सूर्यविनायक नगरपालिकाको तेस्रो नगर सभाको क्रममा वोल्दै सांसद वस्नेतले जनप्रतिनिधिहरुले जनताका समस्यालाई समाधान गर्नुका साथै सिर्जनशिल हुनुपर्ने बताए । यदि जनप्रतिनिधिहरु सिर्जनशील हुन सके भने समस्याका बाबजूदपनि धेरै सकारात्मक कार्यहरु गर्न सक्ने बताउँदै सांसद बस्नेतले भने, ‘जनताका प्रतिनिधिहरुले कुनै पनि दम्भ पाल्नुहुँदैन । जनताबाट कहिलेकाहिँ आलोचित पनि हुनुपर्दछ । तर त्यसलाई स्वभाविक रुपमा ग्रहण गरी सुझावका रुपमा लिनु जरुरी छ ।’
जननिर्वाचित प्रतिनिधिहरु सिर्जनशिल भई कुनै पनि कार्य गरेमा जस्तोसुकै समस्याका बाबजुत पनि सकरात्मक कार्य गर्न सकिने बताएका छन् । अहिलेको बजेट उत्पादनमुखी नभएर वितरणमुखी भएको बताउँदै बस्नेतले अहिलेपनि बजेटलाई विकासमुखी बनाउन नसकिनु कमजोरी भएको बताए। नेपाल सरकाले अबलम्बन गरेको ‘सुखी नेपाली, समृृद्ध नेपाल’ भन्ने नारालाई व्यवहारमा उतार्नको निम्ति पनि स्थानीय तहका योजनाहरुलाई राष्ट्रिय नीति तथा योजनासँग मेल खाने गरी निर्माण गर्नुपर्ने बस्नेतले बताए । सूर्यविनायक नगरपालिकालाई जिल्लाकै नमूना नगरपालिका बनाउन सकिने बताए ।










प्रतिक्रिया दिनुहोस्