समाचार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा अध्यक्ष लेकाली नै किन ? (घोषणापत्रसहित)



असार ९, काठमाडौं । अन्तराष्ट्रिय नेपाली साहित्य समाजमा अध्यक्ष पदका उम्मेदवार राधेश्याम लेकालीले आफु अध्यक्ष पदसँगै विभिन्न आफ्ना प्रकारका घोषणापत्रहरु सर्वाजनीक गरेका छन् ।

घोषणापत्र

१. अनेसासका विभिन्न च्याप्टर तथा आजीवन सदस्यहरूका बिच आपसी सद्भाव, प्रेम, सहयोग, मित्रता र सहकार्यको वातावरण सिर्जना गर्ने ।

२. च्याप्टरहरूको थप विकास, विस्तार, सम्पर्क र सम्बन्धको विकास गर्दै, च्याप्टरहरूको व्यवस्थापन र संस्थागत विकासमा विशेष पहल गर्ने ।

३. अनेसास विकासको विशेष योजना तर्जुमा गरी यसका गतिविधिहरूलाई विश्वका विभिन्न देशहरूमा फैलाउने ।

४. विभिन्नबाट प्राप्त सुझावलाई ध्यानमा राखी समयसापेक्ष ढङ्गले अनेसासको विधान संशोधन गर्न पहल गर्ने ।

५. डायस्पोरामा नेपाली साहित्यको विश्वव्यापीकरण अभियानमा थप पहल गर्न अनुवाद साहित्यमा जोड दिई नेपाली साहित्यका विभिन्न विधाका उत्कृष्ट कृतिहरूको अनुवाद गरी प्रकाशन गर्ने ।

६. अनेसासका बोर्ड अफ ट्रस्टी र आजीवन सदस्यहरूलाई परिचयपत्र तथा प्रमाणपत्र प्रदान गर्ने ।

७. अमेरिकाको वासिङ्टन डिसीमा केन्द्रीय कार्यालय भवन निर्माणमा विशेष पहल गर्ने ।

८. अनेसासलाई थप पारदर्शी, मर्यादित र व्यवस्थित गर्दै NRN लगायत अन्य सङ्घसंस्थाहरूसँग साझेदारी र सहकार्य गरी साहित्यिक गतिविधिलाई अगाडि बढाउने ।

९. बोर्ड अफ ट्रस्टीका सदस्यहरू, पृ्र्वअध्यक्षहरू, सल्लाहकारहरू, आजीवन सदस्यहरू तथा सम्पूर्ण साहित्यानुरागीहरूबाट प्राप्त सुझावलाई ग्रहण गर्दै संस्थाको विकासका लागि विभिन्न गतिविधिहरूलाई अझ व्यापक र विस्तार गर्ने ।

१०. अनेसासबाट सञ्चालित पुरस्कार, अभिनन्दन, सम्मान तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूलाई निरन्तरता दिँदै थप विकास र विस्तार गर्ने ।

११. अगिल्ला कार्यसमितिहरूबाट थालिएका कामहरूलाई निरन्तरता दिने तथा हालसम्म सम्पन्न विभिन्न सम्मेलनबाट पारित घोषणापत्रहरू कार्यान्वयन गर्ने ।