असार ९, नवलपरासी । नवलपरासीको गैँडकोटमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोट–९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना. ६ ख ५९२७ नं को ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना. ६ ख ४१६ नं को बसले पछाडिबाट ठक्कर दिएको हो ।
घाइतेको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको नवलपरासी प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।










प्रतिक्रिया दिनुहोस्