Banner News

नेपाल–चीन सम्बन्ध असाधारण र अभूतपूर्व : प्रधानमन्त्री ओली



असार १०, काठमाडौं । नपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेपाल र चीन विचको सम्बन्ध असाधारण र अभुतपूर्व भएको बताएका छन् ।

छिमेकी देश चीनको ६ दिने औपचारीक भ्रमण पछि नेपाल फर्कने क्रममा अनतराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल र चीन एक आपसमा सहयोगी मित्र राष्ट्र भएकाले मित्रताको भावनामा आगामी दिनमा देश विकासमा चीनको सहयोग हुने बताए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले काठमाडौँसम्म रेल पु¥याउने आफ्नो भिजनका सम्बन्धमा स्पष्ट पार्नुभएको थियो । यो रेल सिगात्से पुगेको छ, अब त्यहाँबाट केरुङ हुँदै काठमाडौँ र पोखरा तथा लुम्बिनीसम्म पुग्ने हो । अहिलेको हकमा काठमाडौँ न्यूनतम गन्तव्य हो भन्ने विषयमा सम्झौता भएको बताए ।

प्रधानमन्त्री ओलीले दुवै मुलुकले चाँडै झाग्मु-खासा बन्दरगाह पुनः खोल्न, जिलोङ/केरुङ बन्दरगाहको सञ्चालनका लागि आवश्यक सुधार गर्न, अरनिको मार्गको प्रभावकारीरुपमा सञ्चालन, स्याफ्रुबेँशी–रसुवागढी मार्गलाई मर्मत र सुधार, पुलान-यारी बन्दरगाहस्थित कर्णाली नदीको हिल्सामा पुल बनाउन चाँडै प्रक्रिया अघि बढाउन पनि दुई देशबीच सहमति भएको छ । भूकम्पबाट प्रभावित तातोपानी क्षेत्रको पुनः निर्माणलाई नेपालले सम्पन्न गर्ने बताए ।

दुवै मुलुकले चिनियाँ र नेपाली विमान सञ्चालकलाई सिधा हवाई सम्पर्कका लागि प्रोत्साहन गर्न पनि सहमति जनाएका छन् । दुवै पक्षले पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई गति दिन थप समन्वय बढाउने बारे जानकारी गराए ।

प्रधानमन्त्री ओलीले चीनले तिब्बत, सिचुवान, युनान, क्यूगाई र अन्य प्रदेशमा व्यापार, पर्यटन, लगानी र अन्य क्षेत्रमा सहकार्य गर्न प्रोत्साहन गर्ने भएको बताए । नेपाली पर्यटन व्यवसायीलाई व्यापार प्रवद्र्धन तथा थप सहजीकरणका लागि चीनले नेपालमा चिनियाँ भाषाको तालीमलाई निरन्तरता दिनुका साथै मानव स्रोत र सरकारी छात्रवृत्तिअन्तर्गत चीनले नेपालमा ४ सय जनालाई तालीमका अवसर उपलब्ध गराउने बताए ।

प्रधानमन्त्री ओलीले भने ‘नेपालले कुनै हल्काफुल्का क्षणिक कूटनीति गर्न चाहेको छैन, गरिरहेको छैन, गर्न चाहिरहेको छैन । कसैले कार्ड प्रयोग गर्ने भन्ने शब्दावली प्रयोग गर्छन्, उत्तरी कार्ड, दक्षिणी कार्ड भन्ने प्रयोग गर्छन् । हामी कार्ड प्रयोग गर्ने होइन, मित्रता अगाडि बढाउन चाहन्छाँै, दुवै छिमेकीसँग । यसभित्र कुनै कार्ड खेल्न खोजिने हाम्रो मनसाय हुन पनि सक्दैन, छँदा पनि छैन । र, हामी त्यस्ता कुरामा विश्वास गर्दैनौँ । हामी मित्रतामा विश्वास गर्छौं । हाम्रो मित्रता र हामी हाम्रा छिमेकीसँग पनि मित्रता अभिवृद्धिका लागि हाम्रो मित्रता उपयोग हुन सकोस् । हामी अरुको मित्रतामा सहयोगी हुन सकूँ, त्यो भूमिका खेल्न सकूँ भन्ने चाहन्छौँ ।’