शैक्षिक

‘मेलम्ची परियोजना’ हरेक कुराको सीमा हुन्छ, अब सीमा नाघ्न दिन्न : मन्त्री मगर



असार ११, काठमाडौं । खानेपानी मन्त्री विना मगरले मेलम्ची परियोजनाका विषयमा हरेक कुराको सिमा हुने अव यो पटक भएको सम्झौता भन्दा सिमा नाघ्न नदिने बताएकि छिन् ।

खानेपानी मन्त्रालयले aआयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै मन्त्री मगरले मन्त्रालयले निर्धारण गरेको समय तालिकामा नै मेलम्चीको पानी काठमाडौंवासीले पाउने बताएकी छन्। ‘मेलम्ची परियोजनालाई फेरि पनि हात्ती आयो, हात्ती आयो फुस्सा हुन नदिन हामीले अथक प्रयास गरेका छौँ’ मन्त्री मगरले भनिन् । उनले तोकिएको समयभन्दा पहिले नै सुरुङको ब्रेकथ्रु गरिएको तर ब्रेकथ्रु गरिएपछि काम तीव्र गति नभएको अवस्थामा आफ्नो ध्यानाकर्षण नभएको भन्दै अब काम ढिला नगर्ने गरी सहमति भएको बताएकी छिन् ।

सहमतिअनुसार इटालियन कम्पनीले सिएमसीबाट सञ्‍चालित परियोजनाको सरकारले सोझै भुक्तानी गर्नेछ भने कम्पनीले तोकेको समयभित्र काम गर्नेछ। गत ७ असारमा इटालीबाट आएको टोलिसहित मेलम्ची परियोजना अध्ययन र ८ असारमा बुहपक्षीय सहमति गरिकएको हो। असोज मसान्तसम्म मेलम्ची परियोजनाको काम सक्नको लागि असोज १८ गतेसम्म मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याइनुपर्नेछ ।

अव मन्त्रालयले प्रत्येक दिन मेलम्चीको प्रगति विवरण अध्ययन गर्ने र त्यस आधारमा समन्वय गर्ने मन्त्री मगरले बताइन् । ‘ठेकदारबाट अति भयो’ इटालियन कम्पनी सिएमसीबाट सरकारलाई कमजोर पार्न खोजिएको आरोप मन्त्री मगरले लगाएकी छिन् । त्यस्ततै मन्त्री मगरले मेलम्ची परियोजना कतिलाई आशा कतिलाई तमसा भएको भन्दै अब यस्तो वातावरण बन्न नदिने बताएकी छन्। पछिल्लोपटक ठेकेदार कम्पनीले थप भार परेको र विगतमा अवरोधका कारणले एक अर्ब ६५ करोड रुपैयाँ अतिरक्त भुक्तानी र ५०७ दिनको म्याद मागेको छ। मन्त्री मगरले पटक(पटक म्याद र रकम थपेर ठेकेदार कम्पनीले अति गरेको गुनासो गरिन् ।