असार १२, काठमाडौं । केहि दिने देखिको अविरल वर्षाका कारण नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलो, जलबिरे तोपेखोला लगायतका स्थानमा पहिरो खस्दा आवागमन अवरुद्ध बनेसँगै जनजीवन कष्टकर वनेको छ ।
मंगलबार बिहान ५ः३० बजेतिर विभिन्न स्थानमा पहिरो खसपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाउने कार्य भईरहेको प्रहरीले जनाएको छ । पहिलो धेरै ठाउँमा साथै ठूला ठूला भएकाले आवागमन संचालन गर्न केहि समय लाग्ने भएकोे छ ।
पहिरोका कारण नारायणगढ – मुग्लीन सडक दैनिकजसो सवारी आवागमन प्रभावित भएसँगै घन्टौं जाममा बस्नुपर्ने वाध्यता रहेको छ । त्यस्तै नेपाल प्रहरीले सम्भव भएसम्म वैकल्पिक मार्गहरुको प्रयोग गर्न आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्