असार १३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठनहरु युवा संघ नेपाल तथा वाइसिएल नेपालले तीन दिने जनश्रममा युवा कार्यक्रम गर्ने भएको छ ।
रोजगार वनौं आत्मानिर्भर होऔं भन्ने मान्यतालाई आत्मासाथ गर्दै रोजगारीको खोजीमा वैदेशिक रोजगारीको क्रममा ५०÷५५ डिग्रीको तापक्रममा काम गर्न वाध्य युवाहरुलाई आधुनिक कृषि प्रणालीमा जोड दिदै स्वदेशमा नै कृषिमा आत्मानिर्भर वनाउने उद्देश्यका साथ सो कार्यक्रम संचालन गर्न लागिएको युवा तथा विद्यार्थीहरुले बताएका छन् ।
‘समृद्धिका लागि कृषिमा आत्मनिर्भरता’का साथ आगामि असार १५ देखि १७ गते सम्म सो कार्यक्रम रहने आयोजकले जनाएको छ । त्यसमा प्रदेशमा भने १४ देखि २१ गते सम्म आफ्नो अनुकुलतामा गर्नसकिने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ता, सर्वसाधारण सवैलाई कार्यक्रममा सहभागि हुन आग्रह समेत गरेको छ ।
प्रधानमन्त्रीदेखि सर्वसाधारण सवैले सहभागिता गराउने युवा संघले जानकारी दिएको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, अध्यक्ष प्रचण्ड लगायतका सम्पुर्ण नेता तथा कार्यकर्ता यो रोपाई कार्यक्रममा सहभागिता गराउने भएको छ ।
कृषिलाई आधुनिकीकरण गरी रोजगारीको साथमा आर्थिक उपार्जनको माध्यम आर्थिक उपार्जन गरी आत्मानिर्भर बनाई समृद्ध नेपाल सुखी नेपाली बनाउने अठोटका साथ आफ्नो देश आफै बनाउने उद्घोष गर्दै कार्यक्रम आयोजना गरिएको युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले जनाएका छन् ।










प्रतिक्रिया दिनुहोस्