असार १४, काठमाडौं । नेपाली काग्रेसका युवा नेता, पूर्व स्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले बर्तमान सरकार संघियता र संविधान विरोधी भएकाले त्यस्ता कृत्यको साक्षी बनी वस्ने नसक्ने भन्दै प्रतिरोधमा उत्रने चेतावनी दिएका छन् ।
संघिय संसदमा आफ्नो धारणा राख्दै नेपालमा संघियताको विराधि चित्रवहादुर केसी नभई प्रधानमन्त्री केपी ओली रहेको आरोप लगाए । थापाले संघीयता असफल पार्ने योजनाअनुसार प्रस्ताव आएको भन्दै संघीयता असफल पार्ने योजना अनुसार नै बजेट ल्याएको बताए ।
संसदमा बजेटका कारण संघीयतामाथि नै यसरी प्रश्न उठ्नु राम्रो संकेत नभएको भन्दै सत्ता र प्रतिपक्षका सांसदहरुले बजेट सच्चाउन समेत सुझाव दिए ।
नेकपाका सांसद खगराज अधिकारीले देशभर निर्माणाधिन अवस्थामा रहेका चालु आर्थिक बर्ष २०७५ ७६ सम्म सरकारको छनौटका खानेपानी, सडक, ढल, पुलेसा, सिंचाई र अन्य आयोजनाहरु सम्पन्न गरी प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन आवश्यक भएको प्रस्ताव पेश गरेका थिए ।
प्रस्तावको समर्थन गर्दै सांसद विशाल भट्टराई र ध्रुबकुमार शाहीले सरकारका आदेश नमान्ने र बिलम्ब गर्ने निर्माण व्यवसायीलाई कारवाही गरि समयमै आयोजनाहरु सम्पन्न गरि सम्बन्धीत निकायलाई हस्तारण गर्नुपर्ने बताए ।
त्यस्तै सांसद दुर्गा पौडेलले संघीय राज्य सरकारले थेग्न नसक्ने बताइन् । पौडेलले रियल फिल्म आउन बाँकी नै रहेको भन्दै जनताले मागेको विकास र सम्बृद्धि भएपनि यहाँ राज्य वितरण गरिएको भन्दै उनले मुलुक वेथिथितिको अन्त्य गर्न विकेन्द्रीयतामा आधारित एकात्मकतामा केन्द्रीय प्रणालीमा फर्कनुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस्