समाचार

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र ढंगले सञ्चालन हुनुपर्छ : नेता गच्छदार



असार १४, विराटनगर । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेस संसदिय दलका उपनेता, पूर्व उपप्रधानमन्त्री तथा सांसद विजयकुमार गच्छदारले नेपालमा कार्यपालिका, व्यवस्थापिक र न्यायपालिका स्वतन्त्र ढंगले सञ्चालन हुनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताएका छन् । नेता गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएका द्विपक्षीय सहमति कार्यान्वयन भएमा त्यो राष्ट्रको हितमा हुने बताए ।

उनले वर्तमान सरकारले जनताको सुविधाका लागि यातायातमा कायम सिण्डिकेट हटाएकामा प्रशंसा गर्दै यस्ता अरू जनहितका कार्य सरकारबाट हुनुपर्ने बताए ।