असार १४, काठमाडौं । सरकारले ललितपुर र भक्तपुरमा पनि विरोध प्रदर्शन गर्न पाइने स्थान तोकेको छ भने ताकिएको ठाउँभन्दा फरक ठाउँमा विरोध कार्यक्रम गरे कारवाही गर्ने बताएको छ ।
तोकिएको ठाउँबाहेक अन्य ठाउँमा प्रदर्शन तथा सभा गर्न नपाइने गरी ललितपुरमा ५ ठाउँ र भक्तपुरमा एक ठाउँमात्रै तोकिएको हो । ललिपुरमा च्यासलको खेलमैदान, लुभुको ससमुचौर, बज्रबाराही, गोदावरी बसपार्क नजिकको खाली ठाउँ, भैंसेपाटीको छ्यासीकोटको खाली ठाउँ, धोविघाट नजिकैको मलपोखरीको खुला ठाउँलाई प्रदर्शन र सभास्थल तोकिएको छ । त्यस्तै त्यसैगरी भक्तपुरमा प्रदर्शन र सभाका लागि सल्लाघारीको नेपाल ट्रष्टको खाली जग्गा तोकिएको छ ।
साउन १ देखि यो निर्णय कार्यान्वयन हुने जनाएको छ । यसअघि काठमाडौं जिल्लामा यस्ता ७ ठाउँ तोकिएको थियो । काठमाडौंका प्रदर्शन र सभाका लागि खुलामञ्च, तीनकुनेको खाली जग्गा, स्वयम्भू, पेस्पीकोलाको खेलमैदान, लैनचौर खेलमैदान, गौशाला सिफलचौर तोकिएको छ ।










प्रतिक्रिया दिनुहोस्