राजनीति

‘तीन दिने श्रमदानमा युवा’ आर्थिक समृद्धिका लागि कृषिमा आत्मानिर्भर : मन्त्री पोखरेल



असार १५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपाल र वाइसिएल नेपालको संयुक्त आयोजनामा भएको तीन दिने श्रमदानमा युवा कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले आर्थिक समृद्धिका लागि कृषिमा आत्मानिर्भर बनाई स्वदेशमा नै राजगारीको सिर्जना गर्न सकिने बताएका छन् ।

काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं. १ मा सो कार्यक्रममा शुरुवात गर्दै मन्त्री पोखरेलले अभियानलाई पार्टी तथा सरकारको पूर्ण समर्थन रहेको बताउँदै अर्थपूर्ण तरिकाले अभियान संचालन गरी नतिजामुखी बनाउन आग्रह गरे । कसैलाई देखाउन फोटो खिचाउने मात्र नभई युवाहरु देशका खम्बा, रक्षक, चेतनशिल, विकासप्रेमी तथा जनताप्रेमी भई जनमुखी तथा समृद्धिको लागि जुट्न शुरुवात भएको बताए । मन्त्री पोखरेलले विगतमा उत्पादनको हिसावमा भु उपयोग नीति आएको र आगामि दिनमा जमिन वाँझो नराख्ने प्रकारको नीति बनाउने उद्घोष समेत गरे ।

कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष रमेश पोडेलले देशभर करिव ७०० स्थानमा रोपाई अभियान संचालन भएको बताए । उनले आजको दिन धान दिवशको रुपमा मात्र नभई देशलाई समृद्धिको बाटो देखाउने दिन समेत भएको बताए । उनले आगमि दिनमा युवाहरु देश विकासका निम्ती जनताको घर घरमा कृषी कार्यक्रको निम्ती उपस्थित हुने समेत बताए ।

उक्त कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोख्रेलको प्रमुख उपस्थितिमा युबा संघ नेपालका केन्द्रिय अध्यक्ष रमेश पौडेल, उपाध्यक्ष प्रभात कटुवाल, सचीव अन्जना अधिकारी, ३ न प्रदेश प्रमुख प्रकाश गौतम लगायत युवा संघका नेता कार्यकर्ता, स्थानियवासी, शुभचिन्तकहरुको उल्लेख्य रुपमा सहभागिता रहेका थियो ।