सम्पादकीय

अनुगमनले सुध्रेन बजारको अवस्था



हानगर क्षेत्रमा भएका अधिकांश पसल तथा व्यवसायीहरुले न्यूनतम मापदण्ड समेत पुरा नगरेपछि अनुगमनलाई तीब्रता दिन लागेको हो । सरोकारवाला निकायको सहकार्यमा कामपाले मासु पसल, किराना पसल, होटल व्यवसाय लगायतमा अनुगमन गर्न लागेको हो ।

‘दर्ता गर्नु पर्ने, कर तिर्नु पर्नेजस्ता न्युनतम मापदण्ड पनि पूरा गरेका छैनन् । त्यसैले अनुगमनलाई निरन्तरता दिने भएका हौं,’ महानगरका वरिष्ट जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद घिमिरेले बताउनुभयो ।

कामपाले धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवनका विरुद्ध सन्देश वितरण गर्दै यस्ता वस्तुको विक्री नगर्न निर्देशन जारी गर्दै अनुगमन शुरु गरेको नेपाल समाचारपत्रमा खबर छ ।

अनुगमनमा व्यवसाय दर्ता नवीकरण भए/नभएको, साइन वोर्ड राखिएको/नराखिएको, मूल्य सूची नभए/नभएको, नापतौल प्रमाण पत्र भए/नभएको लगायतका ११ वटा सूचकलाई आधार मानेर हेरिन्छ ।