असार १६, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेत स्वच्छ वातावरण सुन्दर सहर भन्ने कुरालाई आत्मासाथ गर्दै प्राविधिक उपकरण सहित सरसफाईमा होमिएका छन् ।
स्वच्छ वातावरणमा वाच्न पाउने मानिसको नैसर्गिक अधिकार भएकाले सरसफाई अभियानमा सहभागिता नभए मानिसको नैतिकता समाप्त हुने बताए । भक्तपुरका नागरिक मात्र सरसफाई अभियानमा संलग्न नभई समग्र देशभरका नागरिक नै आ आफ्नो ठाउँबाट अभियानमा होमिई वर्तमान सरकारको सरसफाई महाअभियान वर्ष २०७५ लाई सफल बनाउन गाउँ गाउँ तथा वस्ती वस्तीबाट उठ्नु पर्ने बताए ।
सांसद वस्नेतको विशेष पहलमा हनुमन्ते नदी सफाई अभियान वर्षाका कारण नदीमा संचालन गर्न कठिनाई हुने भएकाले अव वर्षायाम भरी वा लगभग दुई महिनाका प्रत्येक शनिवार सडक सफाई गर्ने बताए । उनले भने हनुमन्ते नदीको किनारमा रहेका अधिकाशं स्थानका फोहोरहरुको व्यवस्थापन भईसकेकोले अव यो वर्षायामभर सडक सफाई गरिने जानकारी गराए । अवको सडक सफाई अभियान सूर्यविनायकदेखि कोटेश्वरसम्म हुने समेत जानकारी गराए ।
सांसद वस्नेतले अभियानलाई प्रदान गर्ने मासिक रकम समेत हस्तान्तरण गरेका छन् । त्यस्तै उदोग वाणीज्य संघका पूर्व उपाध्यक्षले अभियानको लागि रु ५० हजार सहयोग स्वरुप हस्तान्तरण गरे । उक्त कार्यक्रममा २ टन फोहर ब्यवस्थापन गरिएको छ ।
सूर्यविनायक नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा वोल्दै नेकपाका केन्द्रिय सदस्य दिलिप प्रजापतिले समृद्ध नेपाल निमार्ण गर्नको निम्ती महत्वपूर्ण पक्ष वातावरण भएकाले वातावरण सफाईमा लागि सरकार र जनता हातमा हात, काँधमा काँध मिलाई एक ढिक्का भएर देश विकासमा लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, जिल्ला समन्यव समितिका संयोजक नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका मेयर, उपमेयर, विभिन्न संघ संस्था, वुद्धिजिवी, पत्रकार, स्थानिय जनप्रतिनिधि, तथा हजारौं स्थानिय नागरिकको उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्