समाचार

सरकारको नीति, नियम, काम देखेर काग्रेस छट्पटियो : मन्त्री तामाङ



असार १६, काठमाडौं । नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरवहादुर तामाङले प्रतिपक्षिदल नेपाली काँग्रेस सरकारको नीति, नियम, कामहरु देखेर छट्पटीएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै मन्त्री तामाङले प्रमुख प्रतिपक्षी दल कांग्रेस ईतिहाँसमै यति निरीह बनेर सरकारसँग अंश खोजेको आरोप लगाएका छन् ।

उक्त कार्यक्रममा वोल्दै बोल्दै मन्त्री तामाङले भने ‘प्रतिपक्षमा बसेर किन अंश खोज्नुहुन्छ, बरु आजदेखि हामी प्रतिपक्षमा बस्दैनौं भनेर हामीसँग हात जोड्न आउनुभयो भने सरकारमा स्वागत गर्न तयार छौं ।’

कांग्रेसले भाग खोजेकै कारण संसदीय सुनुवाई समिति बन्न नसकेको उल्लेख गर्दै मन्त्री तामाङले भने,‘सुनुवाई बन्न नदिएर आँफै अड्काउने काम कांग्रेसले गरिरहेको छ, उल्टै प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र राजदुतलगायतको नियुक्ती किन ढिला गरेको भन्दै प्रश्न गर्छ, यो कांग्रेसको द्धेद्ध चरित्र हो ।’

उनले भने,‘कांग्रेसले जति नै अंश खोजेपनि सार्वजनिक लेखा समितिबाहेक अन्य समिति पाउँदैन्, यदि निर्वाचनमा बहुमत पुर्याउँछ भने सभापति लगे हुन्छ ।’

मन्त्री तामाङले अनशनकारीले भनेकै भरमा काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्ने काम नरोकिने बताउँदै आवश्यकता अनुसार खोल्ने निर्णय सरकारले गर्ने, जनता र विद्यार्थीलाई ध्यानमा राखेर मेडिकल कलेज खोल्ने हो, संसदले ऐन बनाउने हो, कोही व्यक्ति प्ले–कार्ड लिएर प्रदर्शन गर्न आउने र अनशन बस्दैमा उसले जे भन्यो त्यही हुँदैन्, कानून बनाउने अधिकार सार्वभौम संसदलाई भएको उल्लेख गरे ।