असार १७, भक्तपुर । नेपाल पत्रकार महासंघका पार्सद, प्रक्षेपण दैनिक तथा नेपाल न्युज साप्ताहिकका सम्पादक तथा प्रकाशक विकल श्रेष्ठमाथि भएको सांघातिक आक्रमणको पत्रकार महासंघ र क्रियाशिल पत्रकार मञ्च भक्तपुरले खेद व्यक्त गर्दै आक्रमणकारीलाई कडा भन्दा कडा कारवाहीको माग गरेको छ ।
पत्रकार महासंघ ‘प्रेस विज्ञप्ती’
भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक बस्ने नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका पूर्व सभापति, केन्द्रीय पार्सद, प्रक्षेपण दैनिक र नेपाल न्यूज साप्ताहिकका प्रकाशक/सम्पादक विकल श्रेष्ठमाथि २०७५ साल असार १६ गते शनिबार भएको हातपात प्रति नेपाल पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । आफ्नै घरबाट पत्रिका प्रकाशन गरेर निस्कने क्रममा पत्रकार विकल श्रेष्ठमाथि भक्तपुर कमलविनायक नै बस्ने सुरेन्द्र मानन्धरले हातपात गर्दा आँखामा चोटलाग्ने गरी भएको घटनाको नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर घोरभत्र्सना गर्दछ ।
पत्रकारीता क्षेत्रमाथि आक्रमण गर्ने जोकोहिलाई कानुनी दायरामा ल्याउन सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदै पत्रकार श्रेष्ठको स्वास्थ्यको शिघ्र स्वास्थ्य लाभको कामना गर्दर्छौ ।
सचिव
कृष्ण प्रसाद नेपाल
क्रियाशिल पत्रकार मञ्च











प्रतिक्रिया दिनुहोस्