सम्पादकीय

नेकपाको अचल सम्पत्ति तीन अर्ब, भारत उत्तमनगरमा पनि जग्गा



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग अचल सम्पत्ति कम्तीमा तीन अर्ब रहेको देखिएको छ।

तत्कालीन एमाले र माओवादीका नाममा देशभरि रहेको जमिन, भवन, कार्यालय आदिको चलनचल्ती मूल्य तीन अर्बभन्दा बढी हुने देखिएको हिसाब अन्नपूर्णले प्रस्तुत गरेको छ ।

अन्नपूर्णका अनुसार, नेकपासँग काठमाडौंमा मात्रै करोडौं मूल्यका ५ वटा भवन छन् भने भारतको उत्तमनगरमा समेत एक करोडभन्दा बढी मूल्य पर्ने जग्गा रहेको छ।

पूर्ववत् दुवै पार्टीका नाममा रहेका चल–अचल सम्पत्ति एकीकृत पार्टीको नाममा ल्याउने नेकपाको पहिलो केन्द्रीय समितिको निर्णयका आधारमा अहिले दुवैतर्फका चल–अचल सम्पत्तिको तथ्यांक संकलन गर्ने काम भइरहेको नेकपा केन्द्रीय सदस्य तथा ७ नम्बर प्रदेशका कार्यदल सदस्य कर्णबहादुर थापाले बताए।

चलअचल सम्पत्तिको अहिले लगत संकलन गर्ने र तल्लो तहसम्म पार्टी एकता भएसँगै त्यसलाई नेकपाको नाममा स्थानान्तरणको काम हुने उनले बताए।