असार १८, काठमाडौं । अविरल वर्षापछिको पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान केहि समय सञ्चालनमा आए पछि एकतर्फी सञ्चालनमा रहेको सडक बिहान ८ बजे ठूलो चट्टान खसेपछि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।
सिद्धबाबा नजिकै खसेको पहिरोले अवरूद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । दुईतर्फी सञ्चालन हुन भने अझै केही समय लाग्ने प्रहरीको भनाइ रहेको छ । पहिरोले देशका विभिन्न स्थानका सडकहरू अवरुद्ध हुन पुगेका छन् ।










प्रतिक्रिया दिनुहोस्