राजनीति

अध्यक्ष पौडेलद्वारा जनश्रममा युवा परिचालन तिव्र : काभ्रेमा पुगी गरे रोपाई



असार १८, काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपाल र वाइसिएल नेपालको संयुक्त आयोजनामा भईरहेको रोपाई अभियानमा आज युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रमेश पौडेलको नेतृत्वमा काभ्रेमा रोपाई सम्पन्न गरेको छ ।

आज काभ्रे बनेपा १० मा धान रोपाइ कार्यक्रम सम्पन्न भयेको छ । कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय अध्यक्ष पौडेलको प्रमुख आतिथ्यता तथा संघका केन्द्रिय कोसाध्यक्ष्य अमित लामाको बिसेस आतिथ्यता मा आज भएको रोपाइ कार्यक्रम मा करिब ५ रोपनी क्षेत्रफलमा युवाहरुले धान रोपेका छन ।

स्थानिय अम्बिका बिस्टको खेतमा जिल्लाका अगुवा युवा नेताहरु सहित संघका केन्द्रिय नेता सन्जिब रोकाहा, राकेश लामा, अनेरास्वबियुका नेता जेनिश लामा समेत सहभागी रहेको उक्त कार्यक्रममा भएको युवा संघ नेपाल काभ्रेका अध्यक्ष बिक्रम चौलागाइले जानकारी दिए ।

कार्यक्रममा आफ्नो सम्क्षिप्त प्रतिकृया दिदै युवा संघ का केन्द्रिय अध्यक्ष रमेस पौडेलले कृषीको यान्तृकरण गर्दै आत्मबिर्भर अर्थतन्त्रको बिकासका लागी कृषी पेसामा आम युवाको आकर्षक बढाउन आफुहरुले बिशेष अभियान सन्चालन गरेको बताए । उनले अहिले हरेक खाध्यपदार्थमा बढेको परनिर्भरताको अन्त्य युवा जनशक्तीले कृषी पेसालाइ प्रमुख पेसामा रुपान्तरण गरेर हटाउन जरुरी रहेको तर्क थियो । यो कुनै फोटो खिच्नका लागी हैन कृषीमा आत्मनिर्भर बन्ने अभियान अन्तरगत अभियान थालियेको हो उनको भनाइ थियो । कार्यक्रममा अध्यक्ष पौडेलले खेत जोत्ने आधुनिक मेसिनबाट छिटो छरितो कार्य गर्ने बिधी आफै चलायेर धान रोप्न तयार बनाएका थिए ।

कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय कोसाध्यक्ष्य अमित लामाले देशै भर ठुलो संख्यामा यस पटक बिशेष खेतमा जनस्रमदान अभियान अन्तरगत युवाहरु परिचालन गरियेको र केषी मार्फत सम्बृद्दी हासिल गर्न यो अभियानले महत्त्वपूर्ण भुमिका खेल्ने धारणा राखे ।

मुसलधारे बर्सातका बिच रोपाइ कार्यक्रम सम्पन्न भयेको जानकारी जिल्ला अध्यक्ष्य बिक्रम चौलागाईंले जानकारी दिए ।