शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल आफैंले हस्ताक्षर गरेर राष्ट्रपतिमार्फत जारी अध्यादेशविपरीत चिकित्सा शिक्षा संस्थालाई सम्बन्धन दिने प्रयासमा छन् ।आजको नयाँ पत्रिकामा खबरछापिएको छ ।
माथेमा कार्यदलको प्रतिवेदनअनुसउार चिकित्सा शिक्षाका सबै कार्यक्रमको सम्बन्धत तथा नियमन गर्ने जिम्मेवारी चिकित्सा शिक्षा आयोगलाई दिने गरी अध्यादेश जारी भएको थियो ।
तर अध्यादेश जारी भएकै बेला अध्यक्षको रुपमा सीटीईभीटीको बैठक राखेर मन्त्री पोखरेलले केही कलेजलाई सम्बन्धन दिने प्रयास गरेका छन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गत १३ वैशाखमा हस्ताक्षर गरेर राष्ट्रपतिलाई बुझाएको अध्यादेश भन्छ–स्वास्थ्यकर्मी उत्पादन गर्ने सबै संस्थालाई चिकित्सा शिक्षा आयोगले नियमन गर्नेछ ।
तर स्नातकभन्दा तलका नर्सिङ, ल्याब, असिस्टेन्ट र फार्मेसीलगायतका क्षेत्रलाई अलग्याएर सीटीईभीटीबाट सम्बन्धन दिने प्रयासमा उनी शिक्षामन्त्री पोखरेल लागेका छन् ।










प्रतिक्रिया दिनुहोस्