सम्पादकीय

पहाडमा पहिरो, मधेसमा बाढी : दर्जनको मृत्यु



अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभरिबाट कम्तीमा १२ को ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्। सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको छ । पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको छ।आजको अन्नपुर्ण पोष्टमा यो खबर छापिएको छ  ।

भूभाग डुबानमा परेको छ। जिल्लास्थित अन्नपूर्णकर्मीहरूले दिएको जानकारीअनुसार प्रदेश ५ मा मात्र आठ जनाको ज्यान गएको छ। त्यसमध्ये बाँकेमा चार जनाले ज्यान गुमाएका छन् भने रोल्पामा तीन जनाको मृत्यु भएको छ। दाङमा एक जनाको मृत्यु भएको छ।

प्रदेश २ को पर्सा जिल्लामा बाढीले बगाउँदा एक जना विद्यार्थीको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। प्रदेश ७ को कैलालीमा घर भत्किएर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

राजधानी काठमाडौंमा एक जनाको मृत्यु भएको छ भने सिन्धुलीमा खोलामा डुबी एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।