राजनीति

काग्रेसले कार्यक्रर्तालाई बाढी र पहिरो पिडितको लागि राहत र उद्धारमा खटिन निर्देशन



असार १९, काठमाडौं । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसले आफ्ना नेता तथा कार्यक्रर्तालाई बाढी र पहिरो पिडितको लागि राहत तथा उद्धारमा खटिन निर्देशन दिएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले जनधनको क्षतिप्रति दुःख र पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको हो । नेपाली कांग्रेसले बाढी तथा पहिरो प्रभावितलाई अत्यावश्यकीय सामग्री उपलब्ध गराउन साथै क्षति भएका भौतिक पूर्वाधारहरुको यथाशीघ्र पुनर्निर्माण गर्न पनि सरकारसँग माग गरेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘प्राकृतिक विपतको यस संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल सञ्चालन गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरु— खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा, औषधि र अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्धका लागि सरकारसँग नेपाली कांग्रेस आग्रह गर्दछ ।’