असार २०, काठमाडौं । तीन दिन यता बाढी तथा पहिरोबाट ज्यान गुमाउने प्रतिव्यक्ति एकलाख र घाइतेलाई प्रतिव्यक्ति रु पचास हजार दिने सरकारले घोषणा गरेको छ ।
बाढीका कारण पहाड र तराई क्षेत्रका १५ जिल्ला प्रभावित भएका छन् । बाढी र पहिरोका कारण हालसम्म वाँकेमा ४ जना, रोल्पामा ३ जना, सिन्धुली, पर्सा, सर्लाही जिल्लामा २/२ जनाको मृत्यु भएको छ । त्यस्तै कैलाली, चितवन, काठमाडौं, तनहुँ, उदयपुर, सिराह, दाङ, र महोत्तरीमा १/१ जना गरी जम्मा २२ जनाले ज्यान गुमाएका छन् ।
वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जानेक्रम रोकीएको छन भने तराईका विभिन्न भागमा डुवान भएको छ । बाढी र पहिरोबाट अहिलेसम्म ८ जना गम्भिर घाईते भएका छन् भने दुई जना अझै वेपत्ता भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्