असार २०, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्रका सामान्य मूल्य मान्यता विपरित आधिकारका लागि धर्ना विरोध गर्न नपाउने गरी विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्नु लोकतन्त्रलाई सङ्कुचित गर्ने काम भएको उल्लेख गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै संयोजक भट्टराईले वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै उद्धार तथा राहत र क्षति न्यूनीकरणमा सरकारले सक्रियता देखाउनुपर्ने खाँचो रहेको बताए ।
डा. भट्टराईले कम्युनिष्ट नेतृत्वको बहुमतको सरकारले लोकतान्त्रिक समाजवाद उन्मुख विरोधी गतिविधि देखाउन थालेको आरोप लगाए । उनले सबै जनतालाई सर्वसुलभ शिक्षा र स्वास्थ्यको प्रत्याभूत दिलाउपर्नेमा जोड दिए ।










प्रतिक्रिया दिनुहोस्