सम्पादकीय

काठमाडौंकै ६ हजार बालबालिका विद्यालयबाहिर



यो वर्ष जारी विद्यार्थी भर्ना अभियानपछि काठमाडौंमा अझै ६ हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ । यो संख्या ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकाको हो ।

संविधानअनुसार विद्यालय सञ्चालन जिम्मेवारी स्थानीय सरकार मातहतमा रहे पनि जनप्रतिनिधिले चासो नलिँदा भर्ना अभियान प्रभावकारी बन्न सकेको छैन । काठमाडौंमा १ महानगरपालिका र १० नगरपालिका छन् ।

काठमाडौंमा २ सय ८२ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा चालू शैक्षिक सत्रमा ८४ हजार विद्यार्थी भर्ना भएका छन् भनेर आजको कान्तिपुरमा खबर छ ।