असार २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई जिम्मेवार तथा जवाफदेहिता हुन माग सहित डाक्टर गोविन्द केसीको जीवनरक्षा माग गर्दै प्रतिनिधिसभाको दोश्रो बैठक पनि अवरुद्ध गरेको छ ।
डाक्टर केसीको जीवन रक्षाको माग गर्दै संसद सचिवालयमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै कांग्रेसले शुक्रबार लगातार दोश्रो बैठक अवरुद्ध बनाएको हो ।
कार्यक्रममा वोल्दै काग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नएसम्म बैठक चल्न नसक्ने बताए । डाक्टर केसीको अनसन तर्फ सिंगो देशको ध्यानाकर्षण भएपनि सरकार हुन नसकेको टिप्पणी गरे । माग सम्बोधन हुने गरि विगतमा सरकारले जारी गरेको अध्यादेश अनुरुपको विधेयक प्रस्तुत गर्न पनि माग गरे ।
सभामुखले समय दिएपछि प्रमुख सचेतक बालकृष्ण खाँडले डा। केसीको स्वास्थ्य अवस्था गम्भीर भएको शुक्रबार नै छलफल गर्नु पर्ने बताए । नभए सदन अघि बढ्न नसक्ने बताए ।
प्रतिनिधि सभाको अर्को वैठक असार २५ गते १ बजे सम्मका स्थगित भएको छ ।










प्रतिक्रिया दिनुहोस्