शैक्षिक

प्रदेश नं. ४ आजवाट विधिवत रुपमा गण्डकी प्रदेश घोषणा



असार २२, पोखरा । नेपालको सुन्दर प्रदेशको रुपमा रहेको प्रदेश नं. ४ आजदेखि विधिवत रुपमा गण्डकी प्रदेश घोषणा भएको छ ।

आज वसेको प्रदेशसभाको बैठकले सो घोषणा गरेको हो । प्रदेश सभामा उपस्थित ५६ जना मध्येमा ५४ जनाले गण्डकी प्रदेशमा मतदान गरेका थिए भने वाकी दुईले विपक्षमा मतदान गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एक्लो बहुमत रहेको उक्त प्रदेशमा हिजो नेकपाले गण्डकी प्रदेशमा मतदान गर्ने निर्णय गरेको थियो । सोही अनुसार आज सभामा निर्वाचन भएको हो ।

यसरी विधिवत रुपमा सात प्रदेशमा दुई प्रदेशले प्रदेशको नामाकरण गरेका छन् । जसमा पहिलो कर्णाली प्रदेशले सर्वसम्मत रुपमा घोषणा गरेको थियो भने दोस्रोमा गण्डकी प्रदेश रहेको छ ।