राजनीति

किन झरे युवा संघ अध्यक्ष पौडेल तरार्इ ? के के छन कार्यक्रम ?



असार २२, जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन जो नेपाल र नेपालीको दुख सुखमा जहिलेपनि हाजिर हुने संगठन हो, जनताको मनमुटुको संगठन बनेको छ जसमा अहिले समृद्धिको मुख्य माध्यम आधुनिक कृषि भएकाले यसलाई विकास र विस्तार गर्न सके आर्थिक उन्नतीको साथमा रोजगारीको सिर्जना गर्ने उद्देश्यका साथ संघले देश व्यापी रोपाईमा युवा कायृक्रम संचालन गरिरहेको छ ।

युवा संघ नेपाल अहिले समृद्दीको लागी कृषी माथी आत्मनिर्भर हुने उद्देस्यले युवा संघ नेपालले देश भरी तीन दिन जनश्रमदान युवा अभियान चलाएको छ । त्यही कार्यक्रम अन्तर्गत आज धनुषा जिल्लाको रमदैया भवाडीमा स्थानिय किसान सुरेश प्रसाद यादवको खेतमा युवा सङ्ह नेपाल धनुषाले खेतमा धान रोपाईको काम गरेको छ । सङ्हका केन्द्रिय अध्यक्ष रमेश पौडेलको प्रमुख अतिथ्यमा आरम्न्भ भएको खेत रोपाई, पूर्व बन तथा भु सन्रक्षण मन्त्री एबम एमाले केन्द्रिय सद्स्य यदुबन्श झा, तत्कालिन एमाले जिल्ला अध्यक्ष राजकिशोर यादव, तत्कालिन एमाले जिल्ला सचिब लक्ष्मी यादब, युवा सङ्हका केन्द्रीय सचिबालय सद्स्य एबम धनुषा ईन्चार्ज लोकप्रिय युवा नेता सन्जिब झा, अनुसाशन आयोगका सचिब जोगी यादव, प्रदेश कमिटी सद्स्य राम प्रकाश्, कार्यबाह्क जिल्ला अधयक्ष बोएलाल यादव, उपाध्यक्ष शैलेन्द्र यादब, सचिब दिनेश सिंह, कोषाध्यक्ष राम उदगार लगायत सयौ युवाहरु सह्भागी भएको थियो ।

मन्तब्यको क्रममा अध्यक्ष रमेश पौडेलले भने “मुलुकको समृद्दीको लागी कृषीमा आत्मनिर्भरता जरुरी छ जसका लागी यो कामलाई हामी अभियानको रुपमा लगी रहेका छौ र आम युवालाई कृषीमा आकर्षित गराउन जरुरी छ अनि मात्र मुलुक समृद्द हुन्छ ।”

युवा नेता सन्जिब झाले २४ अर्ब भन्दा बढी नेपालमा आयात हुनु हाम्रो लागी चिन्ताको बिषय रहेको छ । यो आयात शुन्यमा ल्याउन सम्पुर्ण युवाहरुलाई अधुनिक कृषी तर्फ आकर्षित हुन जरुरी छ यसलाई थप उर्जा दिन देश भरी का युवाले किसानको खेतमा जनश्रमदान दिन आहवान गर्नु भयेको जानकारी युवा संघ नेपालका केन्द्रिय सदस्य सन्जिब रोकाहाले दिए ।