सिसा चर्केका भवन । लेउ जमेका भित्ता । गोदाममा अस्तव्यस्त पुस्तक । भत्किएका भित्ता छेडेर उम्रिएका पीपल । परिवार बसाइँ सरेको घरमा जस्तै सन्नाटा छ, साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोकमा । खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
साहित्यकारले साझाबाट निकालेका पुस्तक धमाधम निजी प्रकाशन गृहबाट छापिन थालेका छन् । ०६५ सम्म खातामा दुई करोडभन्दा बढी आम्दानी रहेको साझाले राष्ट्रिय सहकारी बैंकको ४ करोड ६० लाख ऋणको ब्याज तिर्न नसक्दा केन्द्रीय कार्यालय नै लिलामी हुने अवस्थामा पुगेको थियो । सरकारले ऋण र अनुदान गरी ३० करोड दिएपछि लिलामीबाट मुस्किलले जोगियो ।










प्रतिक्रिया दिनुहोस्