असार २३, भक्तपुर । हनुमन्ते नदी सफाईको १९ औं हप्तामा प्रतिनिधिसभा सांसद महेश वस्नेत र नेपालका प्रख्यात हास्य कलाकार केदार प्रसाद घिमिरेको अगुवाईमा सम्पन्न भएको छ ।

हनुमन्ते नदी सफाई अभियानको आयोजनामा भएको उक्त कार्यक्रम हप्तामा दुई दिन सामाजिक कार्यमा भन्ने मुख्य मान्यतालाई आत्मासाथ गर्दै सांसद वस्नेतको विषेश पहलमा उक्त कार्यक्रम आयोजना भईरहेको छ । अभियानलाई प्रभावकारी वनाउन सांसद वस्नेतको पहलमा व्रमुर तथा अन्य प्राविधिक सामग्रीको साथमा सडक सफाई अभियान संचालन भईरहेको छ ।

कार्यक्रममा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न सामाजिक संघ संस्था, स्थानीय जनप्रतिनिधि, विद्यार्थी तथा सयौ स्थानीय वासिको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।














प्रतिक्रिया दिनुहोस्