असार २४, बुटवल । नेपाली काग्रेसका युवा नेता प्रदप पौडेलले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा नेकपाका अध्यक्ष प्रचण्डबाट आएको भन्दै उनले अब देशलाइ प्रयोगशाला बन्न नदिने ठोकुवा गरे ।
रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीको कार्यशैली ठिक नभएको र सच्चिन आग्रह समेत गरे ।
नेता पौडेलले भने नेपाली काग्रेस अतिवादको विपक्षमा एक ढिक्का भएर अगाडी बढ्छ, हामीभित्र पनि केहि कमि कमजोरी रहेपनि त्यो सच्चाउदै अव दरिलो ढंगले न्यायको पक्षमा, अतिवादको विपक्षमा अगाडी बढ्छौं । पौडेलले प्रधामन्त्री केपी शर्मा ओलीले दुई तिहाईको दम्भ बोकेर अतिवादको सुरुवात गरेको आरोप लगाए ।लोकतन्त्रमा संस्था बलियो हुने भन्दै उनले प्रधामन्त्री ओलीलाई राष्ट्रिय अनुसन्धान आफ्नो मातहतमा लगेर ४ सय कार्यकता भर्ति गर्न खोजेको दाबि गरे ।
देश राजनीतिक दलका भर्ती केन्द्र बनाउनको लागि ओलीले एकाधिकारबाद र निरकुंशताको बाटोमा हिडेको पौडेलको तर्क छ । आफ्नो सम्बोधनको अधिकांश समय प्रधानमन्त्रीमाथि खनिन खर्च गरेका उनले प्रधानमन्त्री ओलीलाई घुडा टेकाएर छोड्ने उद्घोष समेत गरे । प्रधानमन्त्रीलाई अतिवाद लाद्न नदिने बताउदै नेता पौडेलले अव गाली गरेर देश विकास नहुने बताए ।
विकृतीको विरुद्वमा आवाज उठाएका डा गोविन्द केसीको माग सम्बोधनमा सरकारको ध्यान नगएको प्रति उनले स्वाथ्यमा सबैको पहुच स्थापना गर्नको लागि केसीको माग जायज भएकोले तत्काल माग सम्बोधन गर्नुपर्ने बताए ।
राज्य राजधानीमा मात्रै भएको व्याक्तिको लागि नभएको तर्क गर्दे उनले विभिन्न खाले समस्या समाधानको लागि डा। केसीको माग जाहेज र ठिक भएको बताए ।
नेपाल पहिलो विश्वमा प्रवेश गरेको समाचार सुन्न आतुर रहेको भन्दै उनले देश विकासमा लाग्नको लागि ओलीलाई आग्रह गरे । संघीयताको खास विरोधीको रुपमा केपी ओली रहेको आरोप लगाउदै उनले बाहिरी रुपमा मात्रै ओलीले संघीयताको सर्मथन गरेको बताए ।
ओलीलाई समयमै सच्चीनको लागि पटक पटक आग्रह गरेको जानकारी दिदै उनले यदि नसच्चीएमा सडक सडदमा समेत निरन्तर आवाज उठाउने समेत बताए ।
ओलीले नेपाललाई कम्बोडिया बनाउन खोजेको उनको आरोप छ । नियोजित रुपमा नै केपी ओली नै यसमा उद्धत रहेको उनले आरोप छ । ‘प्रमको कुर्चिमा बसेर देश एकता खल्बलाउने प्रयास गरेको भन्दै ओली अतिवाद तर्फ लम्कीदै गएकोको कारण अव विरोध उनको गर्नुको विकल्प छैन ’। पौडेलले भने । देउवा सरकारले गरेको चुनाबबाट ओली प्रधानमन्त्री बनेको स्मरण गराउदै पौडेलले देउवा सरकारका नियुक्ती बदर गर्नु लज्जास्पद काम भएको टीप्पणी गरे । ‘देउवाले गराएको चुनाबबाट आफै प्रधानमन्त्री बन्ने,सातवटै प्रदेशमा प्रदेश प्रमुख हटाउने कुरा सुन्दैछु, तीनीहरुबाट सपथ खाएका मुख्यमन्त्री पनि त्यसो भए अबैध हुनुपर्यो नी रु उनको प्रश्न छ ।










प्रतिक्रिया दिनुहोस्