शैक्षिक

तीन विद्यार्थी संगठनले क्याम्पस प्रमुखसहित ५ जनालाई कार्यकक्षमै थुने



असार २४, विराटनगर । तीन विद्यार्थी संगठनले विराटनगस्थित महेन्द्र मोरङ आर्दश क्याम्पसका क्याम्पस प्रमुखसहित पाँच जनालाई थुनेका छन् ।

अनेरास्ववियु, अखिल क्रान्तिकारीका र नयाँ शक्ति नेपाल निकटको विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा पाँच जनालाई विहान १० बजेदेखि थुनेर बाहिरबाट ताल्चा लगाइदिएका छन् । शुल्कवृद्धि गरेको आरोपमा विद्यार्थीहरुले क्याम्पस प्रमुख बाबुराम तिम्सिना, सहायक क्याम्पस प्रमुखहरु मोहनकुमार श्रेष्ठ, ताराप्रसाद यादव, सुशील अधिकारी र सामान्य प्रशासन प्रमुख गुद्धरप्रसाद यादवलाई आइतबार आफ्नै कार्यकक्षमा थसनेका हुन ।

क्याम्पस प्रसासनले मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन र ब्याचलर इन एडमिनिस्ट्रेसन विषयमा एक सेमेस्टरका लागि तिन हजारका दरले शुल्क वृद्धि गरेपछि विद्यार्थीका नेताहरुले क्याम्पस प्रमुख सहितका पदाधिकारीहरुलाई थुनेका हुन् । क्याम्पस प्रशासनले वृद्धि गरिएको शुल्क घटाउने सहमति नभएसम्म ताल्चा नखोलिने आन्दोलनरत विद्यार्थी संगठनले जनाएका छन् ।