असार २५, काठमाडौं । सरकारले अनलाईन मिडिया संसारभर प्रभावकारी वन्दै गएको भन्दै व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आगामी एक साताभित्र प्रक्रिया शुरु गर्ने भएको छ ।
राष्ट्रियसभाको हिजोको बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने “अनलाइन न्यू मिडियाको रुपमा नेपाल मात्र नभई संसारभरी नै प्रभावकारी बन्दै गएको छ, त्यसैले यो एउटा निर्देशिकाको भरमा चलिरहेको छ, यसलाई नियमन, व्यवस्थित गर्न इजाजत प्रक्रियामा लैजाने गरी काम भइरहेको छ, एक हप्ताभित्र मन्त्रालयले यो काम टुंग्याउनेछ ।”
अनलाइन मिडिया र सामाजिक सञ्जाल पृथक हुन्, यिनलाई एउटै आँखाले हेरिनु नहुने भन्दै मन्त्री वास्कोटाले भने यसलाई व्यवस्थित एवं मर्यादित र जिम्मेबार बनाउन लागिएको हो । लोकतन्त्रमा मिडियामाथि नियन्त्रण हुनै सक्दैन र त्यस्तो कुनै सोच पनि छैन तर मिडिया आफंै नियममा बसून् भन्ने सरकारको धारणा छ ।










प्रतिक्रिया दिनुहोस्